Sunday, September 15, 2019
Home Blog

१ घण्टा जहाज कुराएको भन्दै पर्यटनमन्त्रीलाई यात्रुको र्याखर्याख्ती(भिडियोसहित)

काठमाडौं।नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरे।

मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन्।

बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६ः२५ मा उड्ने तालिका थियो। यात्रुहरूले मन्त्रीकै कारण ढिलो भएको आरोप लगाउँदै नाराबाजी गरेको भिडियो सामाजिक संजालमा छ।

भिडियोमा निकै आक्रोशित देखिएका यात्रुहरूले मन्त्रीसँग सवाल पनि गरेका छन्। ‘तपाईँप्रति हाम्रो विश्वास थियो। प्रधानमन्त्री आउँदा पनि हामीले नै दुःख पाउने। आश गरिएका युवामन्त्री आउँदा पनि हामीले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो? उनीहरु मन्त्रीसमक्ष आक्रोशित बने।

उक्त उडान मन्त्रीकै कारण ढिलो भएको वा अन्य केही कारणले भएको हो? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छ्रैन।

मन्त्री भट्टराई कन्चनपुरको टिकापुर गएका थिए। उनी त्यहाँबाट फर्किंदा केही समय ढिला भएको मन्त्री स्वंयले पनि स्वीकारेका छन्।

भिडियोः

Posted by Gyanendra Shahi on Saturday, September 14, 2019

तर आफूहरूकै कारण उडान ढिला नभएको सचिवालयले दाबी गरेको छ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६ः५० भएको थियो। त्यसपछि जहाज उडेको हो।’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।

मन्त्री भट्टराईले भने फेसबुकमार्फत् आफूविरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तिका कारण यो सब भएको तर जहाज भने जम्मा १५ मिनेट ढिला भएको बताएका छन्।

Loading...

नियमन आयोगको अधिकार कटौती गर्दै ऊर्जा मन्त्रालय

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफैले ल्याएको नेपाल विद्युत् नियमन ऐनको व्यवस्था विपरीत विद्युत् विधेयकको मस्यौदा ल्याएको छ।

मन्त्रालयले आन्तरिकरुपमा तयार गरेर २४ भदौमा प्रतिक्रियाका लागि सार्वजनिक गरेको विद्युतसम्बन्धी कानुनीलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा नियमन आयोगको अधिकारलाई कटौती गर्दै मस्यौदा ल्याएको हो।

मस्यौदालाई निजी क्षेत्रका जलविद्युत् प्रबन्धकहरुले समेत ‘निरंकुश’ भएको टिप्पणी गरेका समाचार आजको कारोबार दैनिकमा छ। मस्यौदामा दफा १३ मा सेयर विक्रीबारे उल्लेख गर्दै ५० प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न नपाइने व्यवस्था गरेको छ।

०७४ सालमा ल्याएको विद्युत् नियमन आयोगको ऐनमा भने यसको अधिकार नियमन आयोगलाई दिएको छ।

Loading...

खानेपानीमन्त्री मगर अस्पताल भर्ना

काठमाडौं।खानेपानी तथा सरसफाईमन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन्।

पिसावमा इन्फेक्सन देखिएपछि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी मन्त्री मगरको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताल भर्ना भएका मन्त्री मगरलाई नेकपाका अध्यक्ष तथा ससुरा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ भेट्टाएका छन्।

शनिबार इलाम र झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्केका प्रचण्ड काठमाडौं फर्किनासाथ मेडिसिटी पुगेका थिए।

Loading...

विन लादेनका छोराको हत्या भएको अमेरिकी राष्ट्रपतिद्वारा पुष्टि

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओसामा विन लादेनका छोराको हत्या भएको पुष्टि गरेका छन्।

ट्रम्पले शनिबार साँझ एक विज्ञप्ति नै जारी गरी लादेनका छोराको हत्या भएको जानकारी गराएका हुन्।

उनले लादेनका छोरा हम्जा विन लादेन ‘अमेरिकी आतंकवाद विरोधी कारबाहीको क्रममा अफगानिस्तान–पाकिस्तानी क्षेत्रमा’ मारिएको जनाएका छन्।

ट्रम्पले उनको मृत्यु कहिले भएको भन्नेबारे भने खुलाएका छैनन्। हम्जा लादेनका छोरा मात्रै नभएर अल क्वायदाका नेता पनि थिए।

गत महिना मात्रै उनको हत्या भएको खबर सार्वजनिक भए पनि अमेरिकी राष्ट्रपतिले पहिलो पटक यसबारे औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन्।

यस क्रममा ट्रम्पले विभिन्न आतंकवादी समूहसँग साँठगाँठ गरेकोमा हम्जा जिम्मेवार भएको बताए।

Loading...

इन्द्रजात्राका लागि ५ करोडको अक्षयकोष

काठमाडौं।काठमाडौंको सबैभन्दा ठूलो उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्राका लागि ५ करोडको अक्षयकोष खडा गरिने भएको छ।

अक्षयकोषका लागि सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम राख्ने भएको छ।

यसअघि इन्द्रजात्रा व्यवस्थापनका लागि त्यस्तो कुनै कोष थिएन। नेपाल सरकारबाट अनुदानका रुपमा प्रत्यक वर्ष २४ लाख पाइरहेको समितिका अध्यक्ष गौतम रत्न शाक्यले बताए।

यही अनुदानबाट जात्रामा हुने लाखे, पुलुकिसी, दांगी, रथ यात्रा, दश अवतार लगायतका दर्जनभन्दा बढी गतिविधि संचालन हुँदै आएको छ।

विभिन्न गुठीहरुसँग सम्बन्धित संघसंस्थाले पहिलैदेखि नै अक्षयकोष स्थापना गर्नुपर्ने माग गर्दै आएका थिए। जात्राका लागि कोष खडा भएपछि अझै व्यवस्थित ढंगमा इन्द्रजात्रा संचालन हुने अपेक्षा गरिएको छ।

यो अक्षयकोषबाट २०६७ सालदेखि मात्रै जात्राका गतिविधि संचालनमा आउने शाक्यले बताए।

Loading...

PM Oli returning home tomorrow

Kathmandu, Sept 5:

Prime Minister KP Sharma Oli is returning home from Singapore after the treatment tomorrow. Press Advisor to the PM, Dr Kundan Aryal, informed that PM Oli was returning home via Thailand on Friday afternoon.

PM Oli had left here for kidney treatment on August 22. He received treatment at the National University Hospital, Singapore.

In course of the treatment, PM Oli had held discussions on government activities with the Cabinet members twice via tele-presence technology.

Nepal Communist Party secretariat member Bamdev Gautam and General Secretary Bishnu Poudel, who had also visited PM Oli in Singapore, are also home together.

PM Oli is currently accompanied by his spouse Radhika Shakya, and personal secretary Rajesh Bajracharya, among others.

His chief political advisor Bishnu Rimal and private doctor Dibya Singh have already returned home.

Loading...

घरमै सेनेटरी प्याड बनाउन सिकाउँदै साझा पार्टी

सुर्खेत।
साझा पार्टी कर्णाली प्रदेश र प्रदेश नं. ३ को संयुक्त आयोजनामा कर्णालीका नागरिकलाई सनेटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार र आइतबार गरि दुई दिन सम्म सेनेटरी प्याड निर्माण र भाषण कला सम्बन्धी तालिम प्रदान गरिएको हो।

कमजोर आर्थिक अवस्थाका कारण बजारमा उपलब्ध सेनेटरी प्याड प्रयोग गर्न नसक्नेहरूका लागि घरमै सेनेटरी प्याडको निर्माण र पुनः प्रयोग सम्बन्धी तालिम दिइएको पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले बताए।  दाहालले किशोरी तथा महिलाहरूलाई महिनावारीको समयमा हुने सङ्क्रमणबाट बचाउनका लागि यो तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

तालिममा पार्टीको कर्णाली प्रदेश संयोजक दाहालले भाषण कला सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रदेश नं. ३ की महिला सङ्गठन प्रमुख अनुपा श्रेष्ठ सन्जु रानाले घरमै सेनेटरी प्याड निर्माण र पुनः प्रयोग गर्ने विधिबारे प्रशिक्षण दिएका थिए। तालिमको व्यवस्थापन साझा पार्टी सुर्खेतले गरेको हो।

यो तालिम प्रशिक्षकका लागि भएको र यसपटकको तालिममा सहभागि ३० जनाले आ आफ्नो जिल्ला तथा पालिकामा गएर यस्ता शीप मूलक तालिम सञ्चालन गर्ने साझा पार्टी कर्णाली प्रदेशले जनाएको छ।

Loading...

बिप्लवद्वारा चरणवद्ध आन्दोलन घोषणा

काठमाण्डौं।
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शनिवार विज्ञप्ति जारी गर्दै चरणवद्ध सङ्घर्षका कार्यक्रम आयोजना गरिएको जनाएका हुन।

सरकारले पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको विरुद्धमा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ।

सङ्घर्षका कार्यक्रम अन्तर्गत साउन १२ गते कोण सभा गरिने जनाईएको छ। यसैगरी साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस प्रदर्शन साउन १५ गते बागमती बन्दको घोषणा गरिएको छ। बागमतीसँगै नारायणी अञ्चल र जनकपुर अञ्चल अन्तर्गतका केही जिल्लामा समेत बन्द आह्वान गरिएको छ।
प्रहरीले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इन्चार्ज लामालाई साउन ४ गते राति राजधानीको काँडाघारीबाट पक्राउ गरेको थियो।

Loading...

हेर्नुस यो साताको राशिफलः २०७६ साउन ११ देखि १७ गते सम्म

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
शुभारम्भको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । स्वजनबाट सहयोग मिल्ने र सुख शान्ति एवम् समृद्धि बढ्ने देखिन्छ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । काम विगार्नेको सक्रियता रहने देखिन्छ । मध्य सातामा प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो गर्ने अवस्था आउन सक्छ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक यात्राको योगछ । साताको अन्त्यमा पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा निरासा र शरीरमा आलस्य आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । साताको उत्तरार्ध बाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ मेहनतीहरूका लागि दिनहरू बढी फलदायी रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
भाग्यले विभिन्न अवसर जुराउनेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लक्ष्मीजीको कृपाको योग परेकोले अर्थलाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सामान हराउने वा नष्ट हुन सक्नेछ । यात्राको अवसरसँगै चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

Loading...

लोकसेवा आयोगमा समेत भनसुन चल्न थाल्योः देउवा

काठमाडौँ ।

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले लोकसेवा आयोगमा समेत भनसुन चल्न थालेको दाबी गरेका छन्। काँग्रेस नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा सभापति देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरे।

देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग भएको भन्दै जसको भनसुन हुन्छ, उसको चल्ने गरेको बताए। लोकसेवा अयोगको लिखित परीक्षा पास भएर मात्रै नहुने भन्दै देउवाले भनसुन गर्ने मान्छे नभए मौखिकमा फेल गरिदिने परिपाटी बसेको दाबी गरे।

देशमा दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएको र सुशासन कायम हुन नसकेको भन्दै उनले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

Loading...
Loading...

भर्खरै प्रकाशित 

Stay Connected

15,963FansLike
293FollowersFollow
2,590SubscribersSubscribe