Home अन्य दल ‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्।

उनले आईतबार नयाँ पत्रिकामा छापिएको कार्टुनमाथि प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन्।

सामाजिक संजाल ट्वीटरमा कार्टुनिस्ट रवि मिश्रले शेयर गरेका कार्टुनलाई रिट्वीट गर्दै अध्यक्ष भट्टराईले भनेका छन्, ‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो! ‘एउटा बिराउने शाखा पिराउने’ भनेको यस्तै रहेछ।

कार्टुनको व्यङ्ग्य बलात्कारको आरोप लागेका सभामुख कृष्ण बहादुर महरातिर सोझिएको छ। कार्टुनमा सांसद/नेताजस्तो देखिने एक व्यक्तिलाई दुई प्रहरीले नियन्त्रणमा लिएका छन्।

उनीहरुले भनेका छन्, ‘कसरी पत्याउने तैँले अपराध गरेको छैनस् भनेर? हेर्दै सांसदजस्तो छस्!’

उक्त कार्टुन हेरिसकेपछि अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here