काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

- Advertisement -
Loading...

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्। सिंहले शुक्रवार पार्टीका जिल्ला सभापति कमलराज रेग्मीलाई लिखित अनुरोध गर्दै बैठक बोलाउन माग गरेका हुन्।

- Advertisement -

संसारभर कोरोना भाइरसको सङ्क्रमण भइरहेको र त्यसको डरलाग्दो प्रभाव सुर्खेत जिल्लामा समेत देखिएको भन्दै कोरोना विरुद्ध लड्न जिल्ला पार्टीको आधिकारिक धारणा तय गर्न बैठक आवश्यक रहेको सिंहले बताए। कोरोना विरुद्ध प्रभावकारी कदम चाल्न जिल्ला पार्टी ढिलासुस्ती गरेको भन्दै उनले सम्भव भएसम्म सामाजिक दूरी कायम गरेर बैठक बस्नु पर्ने र सम्भव नभए भर्चुअल बैठक भएपनि जिल्ला सभापतिले बोलाउनु पर्ने माग गरेका छन्।

बैठक बोलाउन जिल्ला सभापति समक्ष पेश गरेको अनुरोध पत्रमा कोरोना सङ्क्रमण रोकथाम, उपचार र व्यवस्थापनबारे जिल्ला पार्टीले खेल्नुपर्ने भूमिकाबारे ७ बुँदे सुझाव समेत पेश गरिएको छ।

 

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

एनआरएनए मतगणना जारी: कुमार पन्तको अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना जारी रहेको छ। शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति...

६ वटा नयाँ भाषाको पहिचान

काठमाडौं।नेपालमा १२३ भाषा बोलिने गरेकोमा ६ वटा नयाँ भाषाको पहिचान भएको छ। पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु,...

भारतमा संक्रमितको संख्या ११ हजार भन्दा बढी, ३७७ जनाको मृत्यु

काठमाडौं । भारतमा कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।