भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

- Advertisement -
Loading...

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्‌घाटन गरेपछि प्रतिस्पर्धा गर्ने नयाँ उपाय बताएका हुन्।

- Advertisement -

सिमा विवादको समाधान राजनीतिक र कूटनीतिक रुपमा सरकार र दलहरूले गर्नुपर्ने भन्दै पुनले भारतले उक्त सडक बनाउनुको उद्देश्यसँग प्रतिस्पर्धा गर्नेगरी नयाँ सुझावहरू दिएका हुन। भारतसँग सिमा मिचिएको क्षेत्रमा पर्यटनको विकासद्वारा प्रतिस्पर्धा गरिनुपर्ने पुनको धारणा छ। यद्यपि आफ्नो देशको भूमि मिचिएका विषयमा भने सरकारले कूटनीतिक माध्यमद्वारा समस्या समाधान गर्नुपर्ने उनको तर्क छ।

यस्तो छ भारतसँग प्रतिस्पर्धा गर्ने पुनको आइडिया

भारतसँगको सिमा विवादको प्रसङ्गमा प्रतिस्पर्धा गर्ने एउटा फरक आइडिया पढ्नु होस्।

भारतले तिब्बतको सिमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो। यसको राजनैतिक लडाँई गर्ने र समाधान निकाल्ने काम नेताहरूले गर्लान् जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ। एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भूमि जबर्जस्ती हडप्ने एउटा प्रमुख कारण त भारतको पर्यटन विकासको लागी कैलाश पर्वतसम्म जाने सडक खोल्ने रहेछ भन्ने कुरा छर्लङ्ग नै भयो। त्यसैले मैले यहाँ राखेको प्रस्ताव चाहिँ भारतसँग सो क्षेत्रमा लड्न सकिने लडाँई भनेको पर्यटनको विकासद्वारा कसरी आर्थिक लडाँई लड्ने अथवा आर्थिक लाभको लागी कसरी प्रतिस्पर्धा गर्ने भन्ने कुरामा मात्र सीमित छ। यो योजना मैले राष्ट्रको हितको लागी राष्ट्रिय आविष्कार केन्द्रको तर्फ बाट राखेको छु किन भने आविष्कार केन्द्रले गर्ने अनुसन्धानहरूको क्षेत्रमा पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा पनि उच्च प्राथमिकतामा पर्दछ। तपाईँहरूलाई पनि यो विषयमा भारतसँग बेस्सरी रिस उठ्छ भने सोच्नु होस् र नयाँ नयाँ आइडिया निकाल्नु होस्। खास गरी कर्णाली प्रदेशले यो कुरालाई निकै गहन रुपमा सोच्नु पर्ने देखिन्छ र सङ्घीय सरकारले गहिरिएर सोचे पनि खेर जाँदैन। लौ त कर्णाली प्रदेश।

यसरी लिपुलेक क्षेत्रमा भारतसँग लड्नु पर्ने प्रमुख आर्थिक लडाइँ भनेको हिन्दु धर्म, बुद्ध धर्म, जैन धर्म र बोन धर्म मान्ने बढी भन्दा बढी तीर्थयात्रीहरूलाई कसरी राम्रो र स्तरीय सेवा दिएर भारतले भन्दा बढी नेपालको बाटो तान्ने र कसरी पैसा कमाएर हुम्ला जिल्लाका साथै कर्णाली प्रदेश र देशलाई आर्थिक रुपमा दरिलो बनाउने भन्ने हो। तीर्थयात्रीहरू जुन बाटो जाँदा सजिलो हुन्छ र कम खर्चमा छिटो पुगिन्छ त्यो बाटो लाग्छन्। यसको लागी निम्न आइडियाहरू आज बिहान सोचेर नक्साको खाका सहित पेश गरको छु। लक डाउनमा फुर्सद हुनेले र भारतसँग ईख हुनेले पढ्नु होस्।

१। कैलाश पर्वत र मानसरोवर जाने प्रमुख आधार स्टेसनको रुपमा हुम्ला जिल्लाको सिमीकोटको विकास गर्ने। तत्कालै सिमीकोटको हाल भएको सानो हवाईजहाज बस्न सक्ने ६५० मिटर लामो एअरपोर्टको विस्तार गरि त्यहाँ ब्त्च् अथवा त्यही किसिमका हवाईजहाज सिधै काठमाडौँ बाट र नेपालगन्जबाट जान सक्ने बनाउने र हवाई भाडामा मिल्ने सम्मको सहुलियत दिने। नेपालगञ्जमा पहिले नै स्तरीय होटलहरू बनि सकेका छन्। सिमिकोट र हिल्सामा पनि तीर्थयात्रीहरुको सुबिधाको लागी स्तरीय होटलहरु र अन्य सेवाहरुको बिस्तार गर्दै जाने योजना बनाउने। यसमा राष्ट्रिय आविष्कार केन्द्रले पनि स्थानीयहरुलाई सकेको मदत गर्नछ।

२। सिमिकोट बाट तिब्बतको सिमानामा रहेको हिल्सा सम्म जाने अहिलेको ८५ किलोमिटर कच्ची सडकलाई दुई बर्ष भित्रमा २ लेनको पक्कि बाटो बनाउने र सडकको बीचमा र वरीपरी पर्ने गाउँहरुमा पर्यटन विकासको लागी योजना सहित पूर्वाधारहरु बनाउने। यसको लागी सरकारले यो सडकलाई उच्च प्राथमिकता दिने। सो को लागि अन्य ठाउँहरुमा बनाउने सडकहरुलाई बरु एक दुई बर्ष पछि बनाएर यो सडकलाई पहिला बनाउने।

३। सिमिकोट बाट हिल्साको बाटो २ लेन को बनाउन प्रस्तावित गर्नु पर्ने मुख्य कारण के छ भने भारतले लिपू पास सम्म नै मोटरको बाटो लगे तापनि मोटर बाट ओर्लेर तिब्बतको सिमाना सम्म पुग्न र मोटर चढ्नको लागि कठिन बाटो बाट एक दिन हिड्नु पर्ने हुन्छ। अहिले भारतबाट जाँदा ५ दिन हिड्नु पर्छ। तर सिमिकोट बाट हिल्सा हुँदै मानसरोवर पुग्न हिड्नु पदैन। त्यसैले तीर्थ यात्रीहरुको लागि धेरै सजिलो छ।

४। भारत बाट स्थल मार्ग हुँदै आउने तीर्थयात्रीहरुलाई भैरहवा बाट मुक्तिनाथ हुँदै मुस्तांगको कोरोला नाका बाट तिब्बत गएर कैलाश मानसरोवर जाने ब्यबस्था मिलाउने। यसको लागी नेपाल सरकारले तिब्बत सरकारसँग सम्झौता गर्ने। तिब्बत तिर पहिले नै कैलाश जाने राम्रो सडक भएको हुनाले नेपाल सरकारले नेपाल पट्टीको सडकको जति सक्दो छिटो विकास गर्ने। यसो गर्दा मुक्तिनाथ दर्शनलाई पनि प्याकेजमा समाबेश गर्ने।

५। हाल सम्म तीर्थयात्रीहरुले प्रयोग गर्ने स्थलमार्ग मध्य काठमाडौँ देखि केरुंग हुँदै कैलाश मानसरोवर जाने सडक मार्गको पनि जति सक्दो बढी प्रबर्धन गर्ने।

६। भविष्यमा जुम्ला, गमगढी हुँदै सिमिकोट सम्म जाने पक्की सडक बने पछि भारतको अथवा तिब्बतको बाटोबाट जानुको सट्टा नेपालगंज, जुम्ला, मुगु हुँदै कैलाश र मानसरोबरको तीर्थ यात्रा गर्न सकिन्छ। सो अबस्थामा जुम्ला र मुगु क्षेत्रमा पनि पर्यटनको विकास हुनेछ।

जय हुम्ला, जय कर्णाली प्रदेश र जय देश, पटक्कै न जय भारत । लौ जा।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

यती एयरलाइन्सले घटायो टिकटको मूल्य, कहाँ जान कति भाडा?

काठमाडौँ। आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ। कोभिड–१९ को सम्भावित...

तलबमा असन्तुष्टि जनाउँदै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालद्वारा राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्। तलबमा असन्तुष्टि जनाउँदै उनले राजिनामा दिएका हुन्। मासिक...

राष्ट्रिय सभाको निर्वाचन ९ माघमा

काठमाडौं।सरकारले राष्ट्रियसभाको निर्वाचन अगामी ९ माघमा गर्ने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्रीले गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णयबारे...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।