देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

- Advertisement -
Loading...

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले लकडाउनको चौथो चरण शुरु गर्दा सम्म पनि कोरोना सङ्क्रमण रोकथाममा सरकारले प्रभावकारी कदम चाल्न नसकेको टिप्पणी गरेका हुन्।

- Advertisement -

शुक्रबार देखि लकडाउनको चौथो चरण शुरु भएको र संसद्‌ अधिवेशन समेत प्रारम्भ भइसकेको भन्दै महामन्त्री खड्काले यति लामो अवधि सम्म जम्मा १४ हजार नागरिकमा मात्रै परिक्षण परिक्षण गरेर सरकार त्यसैमा दङ्ग परेको आरोप लगाएका छन्।

पिसिआर किटको अभावले कतै परिक्षण रोकिएको खबर त कतै कछुवा गतिमा परिक्षण भइरहेको समाचारमा सरकारको ध्यान नगएको प्रति खड्काले दुख व्यक्त गरेका छन्।

महामन्त्री खड्काले विदेशमा रहेका नेपालीहरू उतै अलपत्र रहेको र स्वदेशी मजदुर राहतको अभावमा भोकभोकै बस्नुपर्ने अवस्थामा सरकार र सत्ताधारी दल भने देशलाई लकडाउनमा राखेर आन्तरिक सत्ताको लुछाचुँडीमै व्यस्त रहनु दुर्भाग्य रहेको उल्लेख गरेका छन्।

सरकारले प्रतिपक्ष, नागरिक र सञ्चारकर्मी कसैको आवाज नसुनेको भन्दै अब संसद्‌ मार्फत सरकारलाई ठेगान लगाउनु पर्ने आवश्यकतामा जोड दिएका छन्।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ : मिश्र

पोखरा।साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले देश रुपान्तरणका लागि जनता स्वयं सचेत हुनुपर्ने बताएका छन् । सोमबार पोखरा-७ शान्तिनगर चोकमा...

‘सोनिकालाई असल मित्रको नाताले चुप्पा गरेको हुँ’

काठमाडौं।यूट्युबर सोनिका रोकायासँग चुम्बन गरिरहेको तस्वीर बाहिरिएपछि लेखक तथा पत्रकार दिलनिशानी मगरले प्रष्टिकरण दिएका छन्। उनले आफूले सोनिकालाई असल मित्रको...

एउटै बोटमा २७ हजारको सुन्तला

–रामबहादुर थापा एउटा सुन्तलाको बोट, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोपेका थिए। चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा यसपालि...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।