राहतका लागि रोजगार कार्यक्रम सञ्चालन

- Advertisement -
Loading...

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्न खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गरेको छ। नगरभित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरूलाई नगरपालिकाले रोजगारी दिन थालेको हो।

- Advertisement -

लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नको लागि रोजगारी’ कार्यक्रम अन्तर्गत साताको दुई दिन रोजगारी दिएको हो। खाद्य रोजगार कार्यक्रम अन्तर्गत २५ सय विपन्न, श्रमिक तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले सडक सफाइ, सडक मर्मत गर्ने, जडिबुटी लगाउने, बुट्यान सफा गर्ने, खानेपानीको पाइप बिछ्‌याउने कार्य गरिरहेको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए।

नगरपालिकाले वडामा रहेका मजदुरलाई वडा कार्यालयको विपद् व्यवस्थापन समितिको नेतृत्वमा विभिन्न कार्य विभाजन गरि विभिन्न समूहमा काम गराइरहेको नगरपालिकाका २ नम्बर वडा अध्यक्ष शिवहरी केसीले बताए। नगरपालिकाको सबै वडामा लकडाउन रहेसम्म साताको दुई दिन काम दिने गरि रोजगारी प्रदान गरिरहेको छ। यसका लागि नगरपालिकाले कार्यविधि तयार गरि कार्यपालिकाबाट स्वीकृत गराएको छ।

यो कार्यक्रम अन्तरगत मजदुरले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ८ घण्टा काम गर्नुपर्दछ। नगरपालिकाको दिनको ८ सय १० रुपैयाँका दरले दुई दिन काम पुरा गरेपछि कार्यस्थलबाटै सोह्र सय २० रुपैयाँ प्रदान गर्ने गरेको नगर प्रमुख मिश्रले जानकारी दिए।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

झ्याप्प झ्याप्प विद्युत् काटिएपछि तनावमा कुलमान

विद्युत्भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ। यो विषय नेपाल...

पिउनयोग्य छै जारको पानी, न्यूनतम मापदण्ड पूरा नगरी बजारमा

काठमाडौं।‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ। काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा...

गृह मन्त्रालयद्वारा स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन–२०७६ जारी...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।