कोरोना प्रभावित व्यवसायीलाई दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

- Advertisement -
Loading...

काठमाडौँ। केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो।

- Advertisement -

बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज दुई प्रतिशतले कम गरी आव २०७६÷०७७ को चौथो त्रैमासको व्याज रकम गणना गर्नुपर्नेछ। तर खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्याँस उत्पादन तथा बिक्री वितरण, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा यो व्यवस्था लागू नहुने बैंकले जनाएको छ।

यसैगरी बैंकले वैशाख तथा जेठमा असुल गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। यस्ता किस्ताको हकमा कुनै पनि थप शुल्क तथा हर्जना लिन नपाइने निर्देशनमा उल्लेख छ।

यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपूँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने बैंकले जनाएको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

डा. केसी अस्पताल भर्ना

काठमाडौं।अनसन बसेको सातौँ दिनमा बरिष्ठ चिकित्सक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। डडेल्धुरा पुगेर सत्रौँ अनसन सुरु गरेको एक...

नेकपा स्थायी समिति बैठकमा पेश भएको अध्यक्षद्वयको प्रतिवेदन [पूर्ण-पाठ]

काठमाडौं।सत्तारुढ नेकपाको स्थायी समिति बैठक आइतबार बसेको छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बसेको बैठकमा विभिन्न पाँचवटा एजेण्डाहरु प्रस्तुत...

प्रधानमन्त्री डिस्चार्ज

काठमाडौं।महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। उनी आज दिउसो ३ बजे...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।