शेयर बजार खुलाउने पहल

- Advertisement -
Loading...

काठमाडौँ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले मंगलवार आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) कार्यक्रममा अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिए। उनले लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको बताए।

- Advertisement -

नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको उनको भनाइ छ।

वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोवार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको ढुंगानाले जानकारी दिए। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताएका छन्। लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उनले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको उल्लेख गरे।

उनले बजारमा उल्लेख्य कारोवार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोवार अनलाइनमार्फत भएको जानकारी गराउँदै विद्यमान प्रणालीमा थप सुधार गरेर जाने धारणा राखे।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले कारोवारको समय र सर्किट ब्रेकरको सीमा घटाएर कारोवार अघि बढाउन सुझाव दिए। लामो समय बजार बन्द हुँदा नेपालको र अन्तर्रा्ष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले आवश्यक ध्यान दिन उनले आग्रह गरे।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिए। नेपालको शेयर बजारका जानकार डा गोपाल भट्टले आवश्यक योजनासहित बजार खोल्नुपर्ने धारणा राखे।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

लिपुलेक र कालापानीलाई अतिक्रमण गरेको भारतले आफ्नो नक्सामा समेटेर औपचारिकता दियो

काठमाडौं।भारतले गत शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी र लिपुलेकको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ। ५७ वर्षअघि...

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्तः कांग्रेसको प्रतिक्रिया यस्तो

काठमाडौं।सरकारको सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएसँगैं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा बताएका छन्। “सरकारले...

अस्पतालको बेडबाटै प्रधानमन्त्रीको यस्तो सन्देश[भिडियो]

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट एक भिडियो सन्देश सार्वजनिक गरेका छन्। उक्त सन्देशमा प्रधानमन्त्ती ओलीले आफ्नो स्वास्थ्यमा राम्ररी सुधार भइरहेको...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।