कमरेड! मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला

- Advertisement -
Loading...

सुर्खेत। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक पत्र लेखेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सोमवार राति पत्र लेखेका हुन्।

- Advertisement -

माओवादी आन्दोलनमा प्रचण्डसँग २३ वर्ष बिताएका भण्डारीले हाड घोट्नेलाई पुरस्कृत गर्ने र टाउकोमा बोक्नेलाई तिरस्कृत गर्ने प्रचण्डको बानी आफूलाई हाँस्यास्पद लागेको उल्लेख गरेका छन्। उनले आफ्नो पार्टी सदस्यता खारेज गर्नपनि प्रचण्डलाई चुनौती दिएका छन्।

माओवादी जनयुद्धका बेला सुर्खेत जेलब्रेक गरेका योद्धाको रुपमा चिनिएका भण्डारी विसं २०६८ जेठ १२ देखि  २०६९ कार्तिक २ गते सम्म चलचित्र विकास बोर्डको अध्यक्ष रहेका थिए।

यस्तो छ भण्डारीले प्रचण्डलाई लेखेको पत्रः

यो पत्र कमरेड प्रचण्ड सम्म पुगोस्।
प्रिय प्रचण्ड सलाम,
तपाइसँग बिताएका तेइस वर्ष बडो रोमान्चकारी रहे सुरुमा तपाईंका दस्तावेजहरू हेर्दा हाम्रा आङ  जिरिङ्ग हुन्थे। हामी तपाईंका योजनामा हामफाल्थ्यौं बिना सर्त। पछि पार्टी टुट्फुट भयो, भताभुङ्ग भयो, तै पनि बिचार र राजनीतिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ। समकालीन राजनीतिमा तपाईंले भूमिका निर्वाह गर्नसक्नु हुन्छ भन्ने नै लाग्थ्यो। तर विडम्बना सङ्गठनको मामिलामा केही दोषहरू, केही समस्याहरू रहेछन् भन्ने अहिले लागिरहेको छ। एकै पटक हो पनि होइन पनि भन्ने तपाईंको बानी अचम्म लाग्दो छ। नेता ले हो वा होइन भन्न सक्नु पर्छ तर तपाईंको बानी अगाडि सबै हो र पछाडि सबै होइन भन्ने देखियो। तपाईँलाई नेस्तनाबुद गर्ने, तपाइको हाड घोटेर चन्दन लगाउनेलाई आफ्नो देख्नु, पुरस्कृत गर्नु र तपाईंलाई टाउकोमा बोक्नेलाई तिरस्कृत गर्नु यो मौसम बडो हाँस्यास्पद छ। तपाईंलाई लाग्दो हो, दुई चार जना कर्पोरेट हाउस मिडिया र बिचौलिया भए राज्य ठिकै हुन्छ। तर हामी भुइँमान्छेहरूले कति प्रश्नको जवाफ दिनु पर्छ, त्यो हामीलाई नै थाहा छ, मैले एउटा उखान सम्झे “ढाटको निम्तो खाई पत्याउनु“ तपाइको कार्य शैली मलाई त्यस्तै लाग्यो तपाईंको दुईतिहाइको सरकार चिरायु रहोस्। शुभकामना।
मन लागे मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला।

तपाईंकै गणेश भण्डारी ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

दाइजोमा भालु र सर्प

काठमाडौं।विवाह कर्ममा छोरी पक्षले सामान्यतयाः गरगहना र लत्ताकपडा दिने चलन छ। कानूनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट...

स्वास्थ्य सामग्री सेनाले ल्याउने

काठमाडौं। सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ...

सीमा विवादः मोदी ‘म्याण्डेट’सहित श्याम सरण काठमाडौंमा

काठमाडौं।भारतले नेपाली भूमि कालापानी लगायतका क्षेत्रमा गरेको अतिक्रमणविरुद्ध नेपालमा भारतविरुद्ध प्रदर्शन बढ्दै जाँदा पूर्व भारतीय राजदूत श्याम सरण काठमाडौं...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।