कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

- Advertisement -
Loading...

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् ।

- Advertisement -

कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् । सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ ।

सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन्।

चीनमा कोरोना भाइरसको महामारी शुरू भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो ।

पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो ।

त्यसपछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् । तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् ।

कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन् ।

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो ।

आकस्मिक कक्षमा बुझ्न जाँदा शुरू मा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो ।

त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए । उनीहरूलाई पनि ज्वरोको बिरामी जँचाउनु छ भनी सोध्दा त्यहाँबाट त सीधै यहाँ अहिले डाक्टर नै छैनन् भन्ने जवाफ दिइयो ।

ग्वार्कोमा रहेको ग्लोबल अस्पताल पनि बेखबर जस्तो देखियो । अस्पताल सुनसान थियो । रिसेप्सनमा सोध्दा अस्पतालमा कोरोना भाइरस भएका कुनै बिरामी नै नआएको र जाँच्ने तथा उपचार गर्ने तयारी पनि नरहेको जानकारी दिइयो ।

डाक्टरहरू पनि अस्पताल आउन नचाहेको रिसेप्सनबाट जानकारी प्राप्त भयो । र्कोमै रहेको बीएन्डबी अस्पतालले भने ज्वरो क्लिनिक सञ्चालन गरेको छ ।

अस्पतालले शुरूदेखि नै तीन बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दै आइरहेको जानकारी सो अस्पतालकी डा. सरिता पाण्डेले दिइन् । कोभिड–१९ बिरामीका बारेमा सो अस्पतालले सम्पर्क व्यक्तिका रूपमा डाक्टर पाण्डेलाई तोकेको छ ।

उहाँका अनुसार अस्पतालले प्लान ‘सी’अनुसार आइसोलेसन वार्ड तयारी गरिरहेको छ । सो अस्पतालले अध्ययन अध्यापन गराउँदै आएको बीएमआईमा छुट्टै आइसोलेसन वार्ड तयारी गरिरहेको छ ।

उहाँले भन्नुभयो, ’सरकारले भनेअनुसार हामी पूर्ण तयारी अवस्थामा छौँ । कोरोनासम्बन्धी बिरामी आए भने हामीले भीटीएम (नमुना राखेर टेकु पठाउने) पनि तयारी अवस्थामा राखेका छौँ ।’

निजी अस्पताल सङ्घका उपाध्यक्ष कुमार थापाले निजी क्षेत्रका अस्पताल काम गर्ने तयारी अवस्थामा छन् तर त्यसअनुसारको सुविधा सरकारले दिनुपर्ने बताउनुभयो।

सरकारले एउटा पीपीई दिन सकेको छैन भने अस्पताल र डाक्टरको अन्य सुरक्षा के गर्ला भन्दै निजी अस्पतालले आफ्नो क्षमताअनुसार काम गरिरहेको दाबी उहाँले गर्नुभयो। गोरखापत्र दैनिकमा खबर छ ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

नेपाल टेलिकमको रिचार्ज बराबरकै बोनस सुविधा

काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको छ। बोनस सुविधा नेपाल टेलिकमका ग्राहकहरुले बुधबार रातीबाट...

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ। प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि...

राजनीतिज्ञले झूटो बोल्ने थलो भएको भन्दै फेसबुक एकाउन्ट डिलिट

वाशिङटन । अमेरिकी नायक एक्टर मार्क हामिलले आफ्नो फेसबुक एकाउन्ट हटाएको घोषणा गरेका छन्। फेसबुकले राजनीतिज्ञहरूलाई विज्ञापन गर्न दिएको...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...

नेपाल फर्कनेहरूका लागि साझाको ‘हेल्प डेस्क’

काठमाण्डौं। साझा पार्टीले नेपाल फर्कनेहरूका लागि हेल्प डेस्क स्थापना गरेको छ। कोरोना महासङ्कटसँगै विदेशबाट लाखौं नेपालीहरू फर्किने सम्भावना बढ्दै गएको भन्दै साझाले हेल्प डेस्कको...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।