सरकारी अस्पतालका डाक्टरले नै हर्न नमानेपछि एम्बुलेन्समै बिरामीको मृत्यु

- Advertisement -
Loading...

काठमाडौं । सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् ।

- Advertisement -

कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए ।

उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज र्पुयाए । तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत दिएन। ‘ज्वरो आएका मान्छेको उपचार हामी गर्दैनौ भनेर फर्काए’, मुसलवानले भने ।

त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए। प्रमुख जिल्ला अधिकारी (सीडीओ)समक्ष गुनासो गरे । सीडीओले फोन गरी उपचार गर्न निर्देशन दिएपछि डाक्टरहरू अस्पतालबाहिरैै चेकजाँच गर्न तयार भए। तर, उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै निशाको प्राण गइसकेको थियो ।

आइतबार राति उनलाई निजी सवारी साधनमा राखेर अस्पताल र्पुयाइएको थियो। अस्पतालले भर्ना नलिँदा बुहारीको मृत्यु भएको गुनासो मुसलवानले गरे ।

निशाका दुई छोरा र दुई छोरी छन् । वडाध्यक्ष श्यामनारायण उपाध्यायले अस्पतालले भर्ना नलिँदा बिरामीले उपचार नपाएको बताए ।

भैरहवाबाट पुनः कपिलवस्तु ल्याए पनि अस्पताल परिसरमै चिकित्सकले मृत घोषणा गरेको उनले सुनाए । ‘अस्पतालले उपचार गरेको भए उनको मृत्यु हुँदैनथ्यो’, उनले भने ।

निशालाई एक साताअघि पनि ज्वरो आएको थियो । तौलिहवाकै मेडिकलबाट औषधि लगेर उनले सेवन गरेकी थिइन् । मेडिकल सञ्चालकले सामान्य टाइफाइड भन्दै औषधि दिएका थिए ।

मुसलवानका अनुसार त्यही औषधिले ज्वरो ठीक भएको थियो । कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले एम्बुलेन्समै बिरामीको ज्यान गएको स्वीकार गरे ।

‘मृतकलाई कसरी भर्ना गर्ने ? ’, उनले भने। त्यसअघि नै अस्पताल लगेको विषय भने उनले टारेका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पताल आएर भैरहवा गएको विषयमा आफूले जानकारी नपाएको बताए ।

‘पछिल्लो पटक अस्पताल आउँदा डाक्टरले रेस्पोन्स गरेका छन्’, उनले भने, ‘त्यसअघिको विषय भने मलाई जानकारी छैन ।’ भैरहवाको युनिभर्सल मेडिकल कलेजले केही दिनअघि मात्रै बुटवलका एक बिरामीलाई उपचार नगरी फर्काएको थियो ।

खुट्टा भाँच्चिएर अस्पताल पुगेका उनलाई ज्वरो आएको भन्दै फिर्ता गरिएको थियो । सरकारले उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भने पनि बिरामी मृत्यु शृंखला निरन्तर छ ।

निजी अस्पताल, मेडिकल कलेज मात्र होइन, सरकारी अस्पतालले नै उपचारमा आनाकानी गरिरहेका छन् । बुटवलमा नौ दिनअघि बिरामीको उपचार नहुँदा मृत्यु भएको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

नरिवलको रक्सी पिउँदा ८ जनाको मृत्यु

काठमाडौं।नरिवलको रक्सी सेवन गर्दा मनिलामा ८ जनाको मृत्यु भएको छ। अन्य सयौं व्यक्ति अस्पताल भर्ना भएका समाचारमा जनाइएको छ। नरिवलको...

भूमण्डलीकरण र कोभिड–१९

भूमण्डलीकरण विश्वको अर्थतन्त्र, जनसंख्याको बढ्दो अन्तरनिर्भरता र संस्कृतिलाई व्याख्या गर्न प्रयोग गरिएको शब्द हो, जसलाई खासगरी वस्तु तथा सेवा,...

नेकपा नेताहरु हेलिकप्टरबाट घुम्न गए गोसाइँकुण्ड(तस्वीरमा हेर्नुस्)

काठमाडौं।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइँकुण्ड पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...

नेपाल फर्कनेहरूका लागि साझाको ‘हेल्प डेस्क’

काठमाण्डौं। साझा पार्टीले नेपाल फर्कनेहरूका लागि हेल्प डेस्क स्थापना गरेको छ। कोरोना महासङ्कटसँगै विदेशबाट लाखौं नेपालीहरू फर्किने सम्भावना बढ्दै गएको भन्दै साझाले हेल्प डेस्कको...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।