नेपालमा उत्पादित वस्तु प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने

- Advertisement -
Loading...

काठमाडौं । लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजन)विना नै भारत निर्यात गर्न सकिने भएको छ ।

- Advertisement -

लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो ।

तर, लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर भारतलाई बुझाउनुपर्ने छ । भारतमा उत्पादित हुने वस्तु आयात गर्दा पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य नगरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

भन्सार तिरेर निर्यात हुने सामानमा भने यसले कुनै असर नगर्ने मन्त्रालयको भनाइ छ । नेपालमा उत्पादित वस्तु भारतमा निर्यात गर्दा सम्बद्ध वस्तु नेपालमा नै बनेको भनेर प्रमाणित गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको छ ।

तेस्रो मुलुकमा निर्यात गरिने वस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्रमाणीकरण गर्दै आएका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

चिलीमा संकटकाल घोषणा

काठमाडौं।चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। मेट्रो टिकटको मुल्यवृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन...

ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

काठमाडौं।अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ। ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २...

कमरेड! मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला

सुर्खेत। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक पत्र लेखेका छन्। सामाजिक सञ्जाल...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...

नेपाल फर्कनेहरूका लागि साझाको ‘हेल्प डेस्क’

काठमाण्डौं। साझा पार्टीले नेपाल फर्कनेहरूका लागि हेल्प डेस्क स्थापना गरेको छ। कोरोना महासङ्कटसँगै विदेशबाट लाखौं नेपालीहरू फर्किने सम्भावना बढ्दै गएको भन्दै साझाले हेल्प डेस्कको...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।