स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे अख्तियारले थाल्यो छानविन

- Advertisement -
Loading...

काठमाडौँ । कोरोना भाइरसको उपचारमा अत्यावश्यक सामग्री खरीदका क्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै बिरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

- Advertisement -

सरकारले खरिद प्रक्रिया रद्द गरेको भोलिपल्ट आज (बिहीबार) त्यसलाई लिएर अख्तियारले छानविन सुरु गरेको हो । आयोग स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई अख्तियार कार्यालयमा बोलाएर सोधपुछ गरिएको हो ।

यस्तै आयोगले स्वास्थ सेवा विभाग, त्यसअन्तर्गतको व्यवस्थापन महाशाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामग्री खरीद सम्बन्धी कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ ।

सरकारले कोरोना भाइरसको उपचारका लागि ओम्नी समूहसँग अत्यावश्यक सामग्री खरीद सम्झौता गरेको थियो । तर, त्यसमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चौतर्फी विरोध भएपछि (बुधबार) बाँकी ३० टन सामग्री नल्याउने गरी उक्त समूहसँगको खरीद सम्झौता रद्द गरिएको हो ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालको चार दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति...

जनप्रतिनिधि पक्राउ शृखंलाः २ वर्षमा ८० पक्राउ

काठमाडौं।स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।