सिन्धुली दुधौली १ का वडाध्यक्ष गोविन्द पहाडीले १ हजार मास्क घोटाला गरे

- Advertisement -
Loading...

काठमाडौं । सिन्धुली दुधौली नगरपालिका वडा न. १ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीले कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले पठाएको २५ सय मास्कमा १५ सय आएको भन्दै १ हजार मास्क घोटाला गरेका छन् ।

- Advertisement -

वडाध्यक्ष पहाडीले संकटमा पठाएको १ हजार मास्क नै गायब गरेपछि नगर प्रमुख घनश्याम राउतले कार्यपालिकाका सदस्य समेत रहेका दुधौली १ कै डिल्ली बहादुर भुजेलमार्फत सबै टोलमा टोल सुधार समितिमार्फत वितरण गरिएको थियो ।

भुजेल नेतृत्वमा वितरण गरिएको मास्क साविक हत्पते ७ मा ४०० थान, हत्पते ८ मा ८०० थान, हत्पते ९ मा ७०० थान र हत्पते १ मा १०० थान वितरण गरिएको थियो ।

एकैपटक एउटै गाडीमार्फत मास्क बुझेका दुधौली नगरपालिका वडा न. २ का वडाध्यक्ष रितेश राउतसँग कुराकानी गर्दा उनले भने, “एउटै गाडीमा समान साइजमा पठाइएका मास्कका पोकाहरुमध्ये १ को वडाध्यक्ष गोविन्द पहाडीले रोजेर लानुभएको हो । मैले ल्याएको पोकामा २५ सय मास्क हुदाँ उहाँको पोकामा १५ सय मात्र रहेछ भनेको सुन्दा मलाई आश्चर्य लागेको छ ।”

दुधौली नगरपालिका बहुसंख्यक वडाहरुमा साविक नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन जित्दा समेत कांग्रेसले जितेको वडा नं १ का वडाध्यक्ष तथा नेपाली कांग्रेस सिन्धुलीका कोषाध्यक्ष समेत रहेका गोविन्द पहाडीको मास्क काण्डपछि कांग्रेसको भविष्य धरासायी भएको कांग्रेसकै कार्यकर्ताले बताएका छन् ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

थुलुङ दुधकोशी गाउँपालिकामा तोसी[साकेला] प्रतियोगिता सम्पन्न

काठमाडौं। थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा तोसी(साकेला)सिली प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार(आज) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा तोसी(साकेला)सिली प्रतियोगिता...

बस दुर्घटना अपडेटः १४ मृतकमध्ये १२ को सनाखत

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरूको सनाखत भएको...

तपाईको यो साताको राशिफलः कार्तिक १६ देखि २२ गतेसम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।