भूमण्डलीकरण र कोभिड–१९

- Advertisement -
Loading...

भूमण्डलीकरण विश्वको अर्थतन्त्र, जनसंख्याको बढ्दो अन्तरनिर्भरता र संस्कृतिलाई व्याख्या गर्न प्रयोग गरिएको शब्द हो, जसलाई खासगरी वस्तु तथा सेवा, सूचना र प्रविधि, लगानीको प्रवाह आदीको सीमापार हुने व्यापारले ल्याएको देखिन्छ। समाजशास्त्री मार्टिन अल्ब्रो र एलिजाबेथ किंगले भूमण्डलीकरणलाई “ती सबै प्रक्रियाहरु भनेर परिभाषित गरेका छन्, जसद्वारा विश्वका मानिसहरुलाई एकल विश्व समाजमा समाहित गरिएको छ।” आधुनिकताका परिणामहरुमा एन्थोनी गिड्न्स लेख्छन् “भूमण्डलीकरणलाई विश्वव्यापी सामाजिक सम्बन्धको प्रगाढता भनेर परिभाषित गर्न सकिन्छ, जसले टाढाको इलाकालाई यसरी जोड्छ कि स्थानीय घटनाहरुलाई धेरै माइल टाढा भएका घटनाहरुले आकार दिन्छन्।”

- Advertisement -

यस किसिमको भूमण्डलीकरणको फराकिलो प्रभावहरु जटिल देखिन्छन् । यसले समग्रमा समाजलाई धेरै फाइदाहरु पुर्याइरहेको कुरामा कुनै दुविधा छैन तर हानीरहित पनि छैन भन्ने कुरा विभिन्न घटनाक्रमहरुबाट पुष्टि भएको देखिन्छ। स्वाभाविकरुपमा भूमण्डलीकरणका दुई पक्षहरु छन्। सकारात्मक पक्षमा जनशक्ति, वस्तु तथा सेवा, मुद्रा र सूचना प्रविधिको सीमापार प्रवाहबाट नयाँ धन र अवसरको सिर्जना हुन सक्छ भने नकारात्मक पक्षमा अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार अपराध, वैश्विक असमानताको बढावा दिनका साथै विभिन्न किसिमका रोगहरुको तीव्र प्रसारका लागी सहयोगी हुन सक्छ।

मध्यचीनको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्रको रुपमा रहेको हुबेई प्रान्तको राजधानी वुहान यस प्रान्तको सबैभन्दा ठुलो र मध्यचीनकै सबैभन्दा बढी जनसंख्या भएको शहर हो साथै चीनको नौवटा नेसनल केन्द्रीय शहरहरु मध्ये एक हो। अलजजीरा डटकमले प्रस्तुत गरेको टाइमलाइन अनुसार यस शहरमा सर्वप्रथम डिसेम्वर ३१, २०१९ मा अस्वाभाविक निमोनियाका लक्षणहरु देखापरेको जानकारी चीनले विश्व स्वास्थ्य संगठनलाई अवगत गराउँदै र जनवरी १, २०२० देखिनै वुहानका सामुद्रिक खानाको थोक बजार बन्द गरायो। जनवरी ७ मा २०१९–नोवेल कोरोना भाइरस नाम दिइएको नयाँ भाइरसको संक्रमणबाट सर्वप्रथम जनवरी ११ मा एक ६१ वर्षे व्यक्तिको मृत्यु भएको घोषणा गरियो। त्यसपछि लगत्तै जनवरी १३ मा चीनभन्दा बाहिर पहिलो पटक थाइल्याण्डमा कोरोना भाइरसबाट संक्रमित एक महिला देखिएको कुराको प्रतिवेदन विश्व स्वास्थ्य संगठनले प्रस्तुत गर्यो जुन महिला वुहानबाट नै त्यहाँ पुगेको कुरा उल्लेख गरिएको थियो। फेरी लगत्तै जनवरी १६ मा जापानको स्वास्थ्य मन्त्रालयले वुहानबाटै आएको एक व्यक्तिमा सोही संक्रमण रहेको कुरा पुष्टि गर्यो। तत्पश्चात विश्व स्वास्थ्य संगठनले जनवरी ३० मा विश्वव्यापी स्वास्थ्य आपतकालीनको घोषणा गर्यो। चीनभन्दा बाहिर सर्वप्रथम फेव्रुअरी २ मा फिलिपिन्समा यो भाइरसका कारण मानिसको मृत्यु भएको देखिन्छ। विश्व स्वास्थ्य संगठनले फेव्रुअरी २१ मा उक्त भाइरसका कारण लाग्ने रोगलाई कोभिड–१९ भनी नामाकरण गर्यो। जोन्स होप्किन्स युनिभर्सिटीले प्रस्तुत गरेको मार्च ३१ सम्मको पछिल्लो तथ्यांकलाई हेर्दा विश्वका १९५ देशहरुमध्ये १७८ देशमा यो रोगको संक्रमण फैलिसकेको देखिन्छ भने ८,४६,००० भन्दा बढी व्यक्तिहरु संक्रमित रहेको जसमध्ये १,७६,००० जति व्यक्तिहरुमा रोग निको भएको र कम्तीमा ४१,००० व्यक्तिहरुको मृत्यु भइसकेको स्थिति छ। त्यसैगरी हालसम्म सबैभन्दा बढी संक्रमितहरु संयुक्त राज्य अमेरीकामा १,८१,०९९ जना र मृत्यु हुनेमा इटालीका १२,४२८ रहेको देखिन्छ।

यस तथ्यांकबाट वर्तमान विश्व कोभिड–१९ का कारण प्रताडित रहेको कुरा स्पष्ट छ। विश्वको सबैभन्दा ठुलो उत्पादक र आपूर्ति श्रृङ्खलाको केन्द्रमा रहेको चीननै प्रथमतः कोभिड–१९ को प्रभावमा रह्यो। यो प्रभाव तीव्ररुपमा थाइल्याण्ड, जापान, फिलिपिन्स, ताइवान, अमेरिका, दक्षिण कोरिया, रसिया, स्वीडेन, बेलायत, इटाली, स्पेन, क्यानडा, जर्मनी, अष्ट्रेलिया, यूएइ, बेल्जियम लगायत विश्वभरी सम्भावित जोखिमबाट बच्ने उपायहरु अवलम्बन गर्दागर्दै महामारीको रुपमा प्रसार भयो। रातोरात केसहरुको संख्यामा हजारौंको दरमा वृद्धि भयो जुन मानव देखि मानव प्रसारणको रुपमा रहेको छ। यसले हाम्रो विश्वलाई हाम्रो जीवन, हाम्रो अर्थव्यवस्था, हाम्रो जनजीवनलाई अप्रत्याशित प्रभाव पारी अस्थिर गराइदिएको अवस्था छ। अहिले वित्तिय बजार, निर्माण उद्योग, पर्यटन, आतिथ्य र यात्राजस्ता उद्योगहरुमा बढी प्रभाव परेको देखिएको छ। यस रोगको प्रभावलाई न्यूनिकरण गर्ने सन्दर्भमा विभिन्न देशहरुले क्वारेन्टाइन उपायहरु र यात्रा प्रतिबन्धलाई नै प्रमुखताका साथ अवलम्बन गरेको पाइन्छ जसको परिणामस्वरुप सीमाहरु बन्द भइरहेका छन् र आपूर्ति श्रृङ्खला अवरुद्ध छ तर यसको संक्रमण निराकरण भई विश्व तङ्ग्रिएको अवस्थामा अधिक अन्तरसम्बन्धित विश्वव्यापी समाजले सम्बन्धित जोखिमहरुको विश्लेषण गर्दै यी प्रतिवन्धहरु हटाउनेछ।

आजको आर्थिक र सामाजिक गतिविधीको विश्वव्यापी अन्तरसम्बन्ध र पारस्परिक निर्भरतालाई हेर्दा कोभिड–१९ ले विश्व समाज एक रहेको कुरा पुष्टि गरेको छ। भूमण्डलीकरणको दवावलाई विनियमन गरी कडाइका साथ उदार अन्तर्राष्ट्रिय व्यवस्थालाई स्वस्थ दिशामा अगाडी बढाउन सक्नुपर्ने चुनौति विश्व समुदाय समक्ष त छ नै साथै कोभिड–१९ को प्रकोपले सिर्जना गरेको अहिलेको असहज परिस्थितीलाई प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगबाट लाभ लिई भविष्यमा यस किसिमको महामारीको स्थितिबाट बच्न संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन, विश्व व्यापार संगठन लगायत अन्य विशिष्टिकृत संगठनहरुले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ अथवा अर्को अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गरी क्रियाशील बनाउन आवश्यक छ। यस अर्थमा कोभिड–१९ सम्पूर्ण विश्व अर्थव्यवस्थाको अझ भन्नुपर्दा भूमण्डलीकरणको लागी एक महत्वपूर्ण मोड हुन सक्छ। भूमण्डलीकरण आम मानव समुदायको सुख र दुःख दुवैको लागी समान अवसरको रुपमा हुनसक्छ।

(लेखक अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयका विद्यार्थी हुन्)

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

Ambitious Me

Nirmal Regmi For me aim is not and end but it is the means to achieve  desires to fulfil our...

भारतमा संक्रमितको संख्या ११ हजार भन्दा बढी, ३७७ जनाको मृत्यु

काठमाडौं । भारतमा कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी...

नेपाल फर्कनेहरूका लागि साझाको ‘हेल्प डेस्क’

काठमाण्डौं। साझा पार्टीले नेपाल फर्कनेहरूका लागि हेल्प डेस्क स्थापना गरेको छ। कोरोना महासङ्कटसँगै विदेशबाट लाखौं नेपालीहरू फर्किने सम्भावना बढ्दै...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।