पाँचखालमा स्वःघोषित कर्फ्युः पलाञ्चोक मन्दिर पूजामा रोक

- Advertisement -
Loading...

बनेपा। कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन पाँचखाल नगरपालिकाले नगर बासिन्दालाई सकेसम्म घर बाहिर ननिस्कन, ऐतिहासिक एवं धार्मिक मन्दिर पलाञ्चोक भगवतीको मन्दिरमा नित्य पूजाबाहेकका भीडभाड रोक्न र अन्य पूजाआजा बन्द गर्ने निर्णय गरेको छ।

- Advertisement -

आइतबार नगरप्रमुख महेश खरेलको संयोजकत्वमा बसेको बैठकले सो निर्णय गरेको हो। त्यसका साथै आजबाट नगर बासिन्दालाई बाहिर ननिस्की घरमा बस्न अनुरोध गर्दै माइकिङ गरिरहेको नगरप्रमुख महेश खरेलले बताए। नगर बासिन्दालाई सचेत गराउन पर्चा वितरण, भीडभाड नियन्त्रणका लागि अयिभान सञ्चालन भइरहेको उनले जानकारी दिए।

पलाञ्चोक भगवती मन्दिरलगायतका धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड रोक्न अन्य पूजाआजाका कार्यक्रम भने सोमबारबाट बन्द भएको नगरप्रमुख खरेलले बताए। नगर कार्यपालिका बैठक र अन्य बैठक, भिडियो कन्फ्रेन्स, सामाजिक सञ्जाल वा अन्य भर्चुअल विधिबाट सञ्चालन गर्ने, क्विक रेपिड रेस्पोन्स टोली गठन गर्ने, सो कार्यसँग सम्बन्धित खरिद गर्ने जिम्मेवारी नगरपालिकाको सार्वजनिक खरिद एकाइलाई जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

त्यस्तै बैठकले नगरस्तरीय र प्रत्येक वडामा गठन भएको वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई क्रियाशील गर्ने निर्णय गर्नुका साथै वडा समिति र वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई विपद् व्यवस्थापन कोषबाट पछि खर्चसम्बन्धी आवश्यक कागजात पूरा गरी भुक्तानी दिनेगरी हाललाई कोरोना जोखिम रोकथाम र न्यूनीकरण कार्य गर्न प्रतिवडा रु ५० हजार मात्र खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको छ। नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनै पनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदामा नबस्ने निर्णय गर्नुका साथै पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच श्ययाको आइसोलेसन वार्ड तत्काल व्यवस्था गर्ने र समाज कल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन वार्ड बनाउने गरी तयारी गर्ने जनाएको छ।

एम्बुलेन्स तयारी अवस्थामा

नगरपालिकाले नगरका एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ। वडा कार्यालय एवं मानिसको बढी भीडभाड तथा आवतजावत हुने महत्वपूर्ण धार्मिक एवं सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गर्नुका साथै भीडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न गरिएको अनुरोधलाई आजबाट कार्यान्वयनमा ल्याउन पहल भइरहेको नगरप्रमुख खरेलले बताए। नगरमा जनशक्ति कम भएका कारण एकैपटकमा सबै ठाउँमा पुग्ने नभएकाले क्रमशः अभियान सञ्चालन भइरहेको उनको भनाई छ।

विदेश वा नगर बाहिरबाट कोही पाँचखाल नगरपालिकाभित्र आएको भए स्वास्थ्य जाँचका लागि आउन अनुरोध गर्नुका साथै त्यसरी कोही नयाँ व्यक्तिका बारेमा निगरानी राख्न वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई जिम्मेवारी दिइएको छ। नगरपालिकाको बैठकले सोमबारबाट चैत २१ गतेसम्म पाँचखाल नगरपालिका क्षेत्रमा घरभित्रै बसी स्वःघोषित कफ्र्युमा जान सम्पूर्ण नगरवासीमा अनुरोध गरेको जनाएको छ।

कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आइपर्ने काम गर्न खटिने नगरपालिका, स्वास्थ्य संस्था, सुरक्षा निकाय र निजी क्षेत्रको फोहर व्यवस्थापनका कर्मचारीलाई प्रोत्साहन भत्ता, सुरक्षाका सामग्री, मास्क, स्यानिटाइजर, पञ्जालगायतका सामग्री उपलब्ध गराउनुका साथै विपद् व्यवस्थापन कोषमा उपयुक्त शीर्षकबाट रकमान्तर गरी रु सात लाख थप गर्ने समेत निर्णय गरेको नगरपालिकाले जनाएको छ।

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...