समूहमा हिँड्नेलाई पक्राउ गर्न कर्णाली सरकारको निर्देशन

- Advertisement -
Loading...

सुर्खेत। कोभिड–१९ को सम्भावित जोखिमबाट सुरक्षित रहन बढी भीडभाड हुने कार्यालय बन्द हुन थालेका छन्। सेवाग्राहीको भीडका कारण सङ्क्रमण फैलिन सक्ने भन्दै सुर्खेतस्थित आन्तरिक राजश्व कार्यालय बन्द भएको छ।

- Advertisement -

कार्यालयका कर अधिकृत हिक्मत सुनारले केन्द्रको निर्देशनानुसार चैत २१ गतेसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिए। उच्च सतर्कता अपनाउनकै लागि कार्यालयको सेवा बन्द गर्नुपरेको उनको भनाइ छ।

यसैबीच कर्णाली प्रदेश सरकारले समूहमा हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा आइतबार बसेको कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय अनुगमन समितिको बैठकले सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएको हो। बैठकले विशेष परिस्थितिबाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्री भण्डारीले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई तत्काल कारवाही तथा प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...