बालुवाटार जग्गा प्रकरणः गच्छदार र बस्न्यात विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

- Advertisement -
Loading...

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा काङ्ग्रेस नेता विजयकुमार गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बुधबार गच्छदार र बस्न्यातलाई विपक्षी बनाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

- Advertisement -

मुद्दामा गच्छदार र बस्न्यातसँगै १ सय भन्दा बढीलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ।

विशेष अदालत स्रोतका अनुसार अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र  चन्द्रदेव जोशी तथा तत्कालीन कर्मचारीहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

आलमको बयान सकिएन, हिरासतमै राख्न अदालतको आदेश

काठमाडौं।रौतहट बम विस्फोट घटनाका मुख्य अभियुक्त सांसद मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा जारी छ। आलमको बयान मंगलबार नसकिएकाले...

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्तः कांग्रेसको प्रतिक्रिया यस्तो

काठमाडौं।सरकारको सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएसँगैं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा बताएका छन्। “सरकारले...

स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे अख्तियारले थाल्यो छानविन

काठमाडौँ । कोरोना भाइरसको उपचारमा अत्यावश्यक सामग्री खरीदका क्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै बिरोध भएपछि अख्तियार दुरुपयोग...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।