राष्ट्रिय गजल महोत्सव २०७६ सम्पन्न

- Advertisement -
Loading...

काठमाडौं। राष्ट्रिय गजल महोत्सव २०७६ सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको दुईदिने महोत्सव पाँचबुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको हो।

- Advertisement -

राष्ट्रिय गजल महोत्सव–२०७६ मा सहभागीका तर्फबाट प्रस्तुत गरिएको घोषणापत्रमा गजल स्रष्टाहरू अबको गजल लेखन र दिशाका बारेमा के कसरी अगाडि बढ्ने भन्ने कुरा उल्लेख गरिएको छ।

घोषणापत्रमा गजल महोत्सव आयोजना गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार व्यक्त गरिएको छ । त्यसै गरी नेपाली गजलका प्रणेता मोतीराम भट्टप्रति श्रद्धासुमन व्यक्त गर्दै गजल नेपाली साहित्यमा प्रवेश गरेको सवा शताब्दीभन्दा बढी भएको अवस्थामा नेपाली गजल लेखनको इतिहास र परम्पराप्रति पनि सम्मान प्रकट गरिएको छ।

गजलको सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्छ भन्ने कुरालाई मनन गरी गजल लेखनको मौलिक पक्षलाई पनि सम्मान गरिएको छ। साथै गजलमा अन्तर्वस्तु र रूप पक्षमा सन्तुलन हुनुपर्छ भन्ने कुरालाई अङ्गीकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ भन्ने कुराप्रति सहमत भएको पनि उल्लेख गरिएको छ।

नेपाली गजलको विकास समृद्धि र सम्मानका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठानलाई राष्ट्रिय गजल महोत्सव वर्षमा एकपटक आयोजना गर्न अनुरोध पनि गरिएको छ। यो भिडियो पनि हेर्नुहोस्।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

विस्फोटमा परी ७ जनाको मृत्यु

काठमाडौं।अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अतिव्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको छ। स्थानीय समयानुसार बुधबार बिहान ७ः२५...

ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

काठमाडौं।अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ। ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २...

सुराकीलाई अधिकतम २५ लाखसम्म

काठमाडौं।राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग

सुर्खेत। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले जिल्ला कार्य समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।...

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।