वैदेशिक रोजगारीमा खुट्टामा चोट लागेका थापालाई अशक्तता बीमा रकम

जाजरकोट। प्राइम लाइफ इन्स्योरेन्सले जाजरकोटका प्रेमबहादुर थापालाई अशक्तता वापतको बिमा रकम हस्तान्तरण गरेको छ। थापा वैदेशिक रोजगारको क्रममा खुट्टामा चोट लागेका कारण अशक्त भएका छन्।

जाजरकोटको छेडागाड नगरपालिका–४ दशेरा घर भएका थापा विदेशमा काम गर्दा खुट्टामा चोट लागेपछि अशक्त भई स्वदेश फर्किएका हुन्। थापालाई अशक्तता दावी बापतको २ लाख ८५ हजार १ सय ४७ रुपैयाँ हस्तान्तरण गरिएको छ।

थापालाई प्राइम लाइफ इन्स्योरेन्स मेहेलकुना, सुर्खेत शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा र जाजरकोट उपशाखाकी प्रमुख शान्ता शाहीले संयुक्त रुपमा अशक्तता दाबी वापतको रकम हस्तान्तरण गरेका हुन्।

 

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here