जहाँ स्वास्थ्यकर्मीले नै दिन्छन्, बिरामीका लागि रगत 

- Advertisement -
Loading...

खलङ्गा। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन्। कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन्।

- Advertisement -

“प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन्। रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने। उनले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताए।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो। शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए। खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन्। त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन्। प्रतिष्ठानले ब्लड बैङ्कसमेत सञ्चालन गरेको छ।

आफ्नै ब्लड बैङ्क सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताए। आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हँुदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिए। आफूले समेत १६ पटक रगत दिइसकेको पुनको भनाई छ। यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ।

यो भिडियो पनि पुरै हेर्नुहोस्।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बंैंक भएका छन्। कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन्। केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गरेका थिए। एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताए। सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैङ्कमा रगत मौज्दात हुनसक्ने उनको भनाइ छ। कतिपय समयमा भने विभिन्न  अभियानमा रगत दिने समाजसेवी व्यक्तिसमेत भेटिन्छन्। पटक–पटक प्राज्ञिक विद्यार्थी परिषद्ले समेत रक्तदान गर्दै आएको छ। पछिल्लो समयमा परिषद्का नौ विद्यार्थीले अस्पताललाई रक्तदान गरिएको अगुवा शारदा पछाईँले बताइन। “प्रतिष्ठानमा ब्लड बैङ्क छ तर रगत दिनेहरूको संखया बढाउन जनचेतना गर्न आवश्यक छ”, उनले भनिन।

 

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

आज ११ बजे देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

२५ चैत्र २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार (आज) बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट...

सरकारी अस्पतालका डाक्टरले नै हर्न नमानेपछि एम्बुलेन्समै बिरामीको मृत्यु

काठमाडौं । सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला...

लकडाउन प्रभावः विक्री नभएपछि जिउँदा कुखुरा नष्ट गरिँदै

काठमाडौं । कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले...

नेपालमा उत्पादित वस्तु प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने

काठमाडौं । लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजन)विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन...

ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी

काठमाडौं । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य...