उप-सभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउँदै नेकपा

- Advertisement -
Loading...

काठमाडौं।प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा उप–सभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव भएको छ।

- Advertisement -

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन शुरु हुनुपूर्व शुक्रबार संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले उप–सभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उप–सभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका थिए।

शुक्रबारको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले आगामी ११ पुषको लागि तोकिएको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिती तोकिने देखिएको छ।

सभामुख निर्वाचनको मिती तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उप–सभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने एक नेकपाका सांसद्ले बताए।

सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उप–सभामुखको निर्वाचनको कार्यसूची आउनेछ। संसद् बैठकबाट बाहिरिएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले भने, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नी?’

उप–सभामुख तुम्बाहाम्फेलाई आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएकी छिन्।

सभामुख रिक्त भएको हुनाले उप–सभामुख तम्बाहाम्फेले शुक्रबारको अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी थिइन्। बलात्कारको आरोपमा सभामुखबाट राजीनामा दिएर कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा छन्।

सभामुख पद रिक्त हुँदा नेपालको संसदीय इतिहासमा उप–सभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार दलको बैठकमा उप निर्वाचनको समीक्षा, राष्ट्रिय समसामयिक राजनीति, संसदमा पार्टीको भूमिका आदि विषयमा छलफल भएको जानकारी दिए।

उनले सभामुख चयनको प्रक्रिया शुरु भएपछि उम्मेदवार चयनबारे निर्णय लिइने बताए।

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...