अब कुमारीलाई पनि मासिक भत्ता 

- Advertisement -
Loading...

काठमाण्डौं। काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने  भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सडकमानवमुक्त अभियानको घोषणा पनि  गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।  यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ ।  विसं २०५२  मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो  ।

- Advertisement -

काठमाण्डौं महानगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा  प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका  सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनअपेक्षाबमोजिम सुधार गर्दै लगिने बताए ।

महानगर प्रमुख शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ ।  कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी सङ्घसंस्था सबैको सहभागिता रहने छ ।

महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १०  पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिने छ । गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई  सम्मान गर्ने कार्यक्रम छ । विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसका अवसरमा शनिबार बिहान माइतीघरमण्डलादेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना  गरिनेछ ।

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

चिलीमा संकटकाल घोषणा

काठमाडौं।चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। मेट्रो टिकटको मुल्यवृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

नेपालका कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि...

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने आईएलओको विश्लेषण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको जनाएको...

नेपाल-भारत सीमामा थप कडाइ गर्न सकारको निर्देशन

काठमाडौं । सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा...

‘लकडाउनका कारण शैक्षिक सत्रमा कुनै प्रभाव पर्दैन’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने...

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको...