लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ : मिश्र

- Advertisement -
Loading...

पोखरा।साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले देश रुपान्तरणका लागि जनता स्वयं सचेत हुनुपर्ने बताएका छन् ।

- Advertisement -

सोमबार पोखरा-७ शान्तिनगर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको मत सबैभन्दा शक्तिशाली हुने भएकाले देशको मुहार बदल्न जनता जिम्मेवार हुने बताएका हुन्।

‘देश रुपान्तरण गर्ने हो भने जनता स्वयं परिवर्तन हुनुपर्छ, अधिनायकवादी भएको ठाउँमा अधिनायक सर्व शक्तिमान हुन्छन्,’ उनले भने,’नेपालमा लोकतन्त्र आएको वर्षौं भयो, लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ ।’

पार्टीगत भावनाबाट मुक्त भएर स्वतन्त्र रुपमा आफ्नो मत खसाल्न आग्रह गरे । नागरिकले स्वतन्त्र भएर मतदान गरे लोकतन्त्र परिस्कृत हुने बताउँदै संयोजक मिश्रले भने, ‘पहिले स्वतन्त्र हुनुस्, अनि विवेक प्रयोग गरेर मत खसाल्नुस, त्यसपछि मात्र देश विकास हुन्छ ।’

भावी पुस्ताको भविष्य सुधार गर्न साझा पार्टीबाहेक अरु कुनै पार्टी देशमा विकल्प बन्न नसक्ने उनले दाबी गरे । ‘

‘अब कार्यकर्ता बनेर होइन, असल अभिभावक बनेर मतदान गर्नुपर्छ, आफ्नो सन्तान र भावी पुस्ताको बारेमा सोच्नुपर्ने बेला आयो ।’

‘देशमा विकल्पको खोजी’

कोणसभालाई सम्बोधन गर्दै कास्की-२ का उम्मेदवार रजनी केसीले जनमतको कदर र जनताको विश्वासप्रति सधैं सचेत रहने प्रतिबद्धता जाहेर गरेकी छन् । 

उनले भनिन्, ‘विश्वासको राजनीति गर्न देशप्रेमी युवा संगठित भएका हौं, हाम्रो स्वार्थ भनेको देश बनाउने मात्र हो, त्यसबाहेक कुनै स्वार्थ छैन् ।’

पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकोले अब देशले विकल्प खोजेको उनले बताइन् । 

कास्की २ को उपनिर्वाचन सत्तारुढ र प्रतिपक्षी दल दुवैलाई सबक सिकाउने माध्यम हुने भएकाले यसलाई साझा पार्टीले मिनि जनमत संग्रहको रुपमाले उनको भनाइ छ ।

‘सत्ता र प्रतिपक्षमा भएका दलले गरेका कुकर्मको फल दिने उचित समय कस्केली जनता सामु आएको छ,’ उनले भनिन्,’जनताले आफ्नो मत मार्फत पाठ सिकाउने समय आयो ।’

सभालाई सम्बोधन गर्दै साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले नेपाली जनताले देशको मुहार फेर्न आन्दोलन र प्राण त्याग गरे पनि त्यसको नातिजा भ्रष्टाचार र कुशासन मात्र आएको बताए ।

साझा पार्टीले चुनावको मिति नजिकिँदै गर्दा मतदाता भेटघाटलाई तीव्र बनाएको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी जनमत आफ्नो पक्षमा पार्न कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ११ वटै वडाका स्थानीयसँग भेटघाटमा व्यस्त छिन् ।

पार्टीले सोमबार रत्न चोक, राष्ट्रबैंक चोक, सिर्जना चोकलगायतका ठाउँमा पनि कोणसभा आयोजना गरेको थियो । 

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

सय यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं।एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले बताएका छन्। बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा...

प्रधानमन्त्रीलाई मृर्गौला दिने बुहारी पनि पीँडामा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृर्गौला फेर्न विदेश जाने तयारीमा छन्। तर, उनको आफ्नो मृगौला दिने उपकारी...

डाक्टरले लिए ५ जनाको ज्यान

काठमाडौं।पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी तथा निजी स्वास्थ्य सेवाको पहुँच छैन। त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले...
हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्
Loading...

भर्खरै प्रकाशित

राष्ट्रिय स्वाभिमानको बर्खिलापमा रहेको एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै...

सिमानामा तारबार लगाउन १ लाख नगद र श्रमदान गर्ने साझा पार्टीका नेताको घोषणा

काठमाण्डौं। साझा पार्टीको नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले सिमानामा तारबार लगाउन १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार बिहान...

भारतसँगको सिमा विवादमा प्रतिस्पर्धा गर्ने महावीर पुनका ६ उपाय

काठमाण्डौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भारतसँगको सिमा विवादबारे प्रतिस्पर्धा गर्ने नयाँ उपाय सुझाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिवार स्टाटस लेख्दै पुनले भारतले...

देशलाई लकडाउनमा राखेर सरकार आन्तरिक लुछाचुँडीमा व्यस्तः महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले...

नेपाल फर्कनेहरूका लागि साझाको ‘हेल्प डेस्क’

काठमाण्डौं। साझा पार्टीले नेपाल फर्कनेहरूका लागि हेल्प डेस्क स्थापना गरेको छ। कोरोना महासङ्कटसँगै विदेशबाट लाखौं नेपालीहरू फर्किने सम्भावना बढ्दै गएको भन्दै साझाले हेल्प डेस्कको...
यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।