Loading...

काठमाडौं।फ्रान्सको राजधानी पेरिसमा चक्कु आक्रमणबाट ४ जनाको हत्या गरिएको छ।

स्थानीय समयानुसार बिहीवार दिउँसो १ बजे एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर गरेको आक्रमणमा चारजना अधिकारीको हत्या गरिएको हो।

प्रहरी यूनियनका अधिकारीहरूका अनुसार ती आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिएको छ। आक्रमणकारीको नाम खुलाइएको छैन।

आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन। पेरिसको केन्द्रमा रहेको इल दि ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्। फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...