Loading...

काठमाडौं।संविधानविद्हरुले पूर्व सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नभएको बताएका छन्।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले संसद सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपसँगै पदबाट मुक्त भएकाले पुनः सोही पदमा बहाली हुने सम्भावना नहुने बताएका हुन्।

महासचिव पौडेलले उक्त प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा घटनाको अनुसन्धान नरोकिने समेत स्पष्ट पारेका थिए।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी कार्यविधि संहिताअनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाइन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको बताए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...