Loading...

काठमाडौं।बलिउड सुन्दरी कंगना रनौतले पहिलो चुम्बनबारे खुलेर कुरा गरेकी छिन्।

इन्डिया टूडेको माइन्ड रक्स २०१९ मा बलिउडकी क्विन भनेर कंगनाले जीवनका अनुभवबारे कुराकानी गरेकी हुन्।

कार्यक्रममा कंगनाले आफ्नो पहिलो चुम्बन स्मरण गर्दै भनिन्, ‘पहिलो पटक किस गर्दा मेरो मुख फ्रिज भएको थियो।’

कार्यक्रम संचालकले कंगनालाई सोधे, ‘के तपाईंलाई आफ्नो पहिलो चुम्बनबारे थाहा छ, कहिले र कहाँ? किनभने पहिलो चुम्बन यादगार हुन्छ।’

कंगनाले भनिन्, ‘म त आफ्नो हातमा चुम्बन गर्ने अभ्यास गर्थेँ। मेरो पहिलो चुम्बन जादुमय भएन। मेरो त अनुभव निकै खराब थियो। मेरो मुख फ्रिज भएको थियो। ती युवकले मलाई आफ्नो मुख चलाउन भनिरहेका थिए।’

कार्यक्रममा र्‍यापिड फायर राउन्ड पनि थियो। त्यहाँ यदि कुनै दिन उनी सलमान खान बनिन् भने के गर्न चाहन्छिन् भनेर प्रश्न सोधियो। कंगनाले सलमान बनेको खण्डमा मिडियालाई बेस्सरी गाली गर्ने बताइन्।

कंगनाले भनिन्, ‘सलमान खानले मिडियालाई जे भन्दा पनि कुनै विवाद हुँदैन तर मैले जे भनेपछि विवाद निम्तिन्छ।’

अफियरः

कंगनाका अनुसार उनको पहिलो अफेयर १७–१८ वर्षको उमेरमा भएको थियो। केटा उनीभन्दा १० वर्ष जेठा थिए।

दुवै एकअर्काको प्रेममा हुँदा एकपटक ती केटाले पनि कंगनालाई निकै सानी भएको टिप्पणी गरेका थिए।

यद्यपि, कंगनाले ती केटा पंजावी भएको र निकै स्मार्ट भएको बताइन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...