Loading...

काठमाडौ।चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल आउने भएपछि सरकारले उपत्यकाका आधा दर्जनभन्दा बढी सडक सुधार गर्न थालेको छ।

सी ओहोरदोहोर गर्ने सडक स्तरोन्नति गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौं स्रोतले जनाएको छ।

एयरपोर्ट–तीनकुने–माइतीघर–थापाथली–त्रिपुरेश्वर, त्रिपुरेश्वर–शीतल निवास, माइतीघर–भद्रकाली बाइपास, एयरपोर्ट–गौशाला द्वारिका होटलसम्मको सडक सुधार्न लागिएको हो ।

त्यस्तै केशरमहल–दरबारमार्ग तीनधारा, रत्नपार्क–भद्रकाली–सुन्धारा, नक्साल भगवती–नागपोखरी–जयनेपाल–हात्तीसार–सिंहदरबार सडक पनि स्तरोन्नति हुँदै छ।

यसबाहेक गौशाला–चाबहिल–महाराजगन्ज, गौशाला–रातोपुल–कृष्ण पाउरोटी सडक पनि स्तरोन्नतिको सूचीमा रहेको डिभिजन सडक कार्यालय स्रोतले जनाएको छ।

कार्यालयले सोमबार दिउँसो एयरपोर्ट ओरालोको र राति त्रिपुरेश्वर–सुन्धारा खण्डको बिच भागको स्तरोन्नति गरेको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...