Loading...

काठमाडौं।सरकारले मन्त्री तथा सांसदहरुलाई दशैं खर्च उपलब्ध गराउने भएको छ।

३१ भदौ २०७६को प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री, सांसदहरुलाई चाडबाड खर्चस्वरुप एक महिनाको तलब बराबरको रकम दिने प्रस्ताव पारित गरेको हो।

नेपाल खबरले लेखेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयप्रतिमा भनिएको छ, ‘उप–प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, संघीय संसदका पदाधिकारी तथा सांसदहरुलाई एक महिनाको तलब बराबरको रकम चाडबाड खर्च उपलब्ध गराउइनेछ।’

मन्त्रिपरिषद्को यो निर्णय सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने सार्वजनिक गरेका थिएनन्।

गत २ असोजमा उनले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गरेका थिए। २६ र ३१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकहरुका २६ निर्णय उनले सार्वजनिक गरेका थिए।

सरकारको निर्णयअनुसार दशैं खर्च पाउनेहरुको सूचीमा संघीय संसदका पदाधिकारी समेत समावेश छन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...