Loading...

काठमाडौं।संघीय संसद्का दुवै सदन र सातै प्रदेशसभाका उपाध्यक्ष उपसभामुख अघिल्लो भदौमा राजधानीको चन्द्रागिरीम भेला भए।

सभामुखसहितको भेलामा उनीहरुले छुट्टै बैठकसमेत गरे। गत २९ र ३० मंसिरमा चितवनको सौराहामा सभामुख र उपसभामुखहरुको दोस्रो बैठक भयो।

त्यहाँ पनि उपसभामुखहरुले छुट्टै बैठक गरे।

गत ३ भदौमा संघीय संसद्का उपाध्यक्ष उपसभामुख तथा प्रदेशसभाका उपसभामुखले पनि ‘भिडियोे कन्फेरेन्स’ गरे। पछिल्लो पटक गत मंगलबार उनीहरुले राजधानीमा बैठक गरे र आफ्ना भूमिका र गुनासा थप उजागर गरे।

राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन्। उनीहरुले एक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चार पटक बैठक गरे।

ती बैठकमा उनीहरुले घुमाउरो ढंगले आफूहरुलाई लैंगिक आधारमा हेपिएको आशय व्यक्त गरेका समाचार आजको कान्तिपुर दैनिकमा छ। आफ्नो भूमिकाबारे संविधानमै प्रस्ट हुँदाहुँदै उनीहरुले किन सामूहिक आवाज उठाइरहेका छन्?

उनीहरुले संविधानको प्रावधानविपरित संसद् नियमावली बनाइएका उसन्तुष्टि व्यक्त गर्दै आएका छन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...