Loading...

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई कांग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम’मा उनले यस्तो बताएका हुन्।

‘वर्तमान सरकार जनताको हितमा काम गर्न नसकेकाले धेरै जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई कांग्रेसले आकर्षित गर्न सक्नुपर्दछ।’ उनले भने।

वरिष्ठ नेता पौडेलले अहिलेको समयमा कांग्रेसका नेता तथा कार्यकर्ता अल्छि भएर बस्न नहुने बताउँदै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले मात्र देशको विकास गर्न सक्ने बताए।

उनले कम्युनिष्ट पार्टीमा सिद्धान्तको टुंगो नभएकाले ‘सी’ पथको छलफलमा लागेको आरोप लगाए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...