Loading...

काठमाडौं।सिंगापुरविरुद्ध जारी त्रिदेशीय शृंखलामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शानदार शतक प्रहार गरेका छन्।

पारसले छक्का प्रहार गर्दै ४९ बलमा १ सय १ रन बनाएका छन्। सो क्रममा उनले ४ चौका र ९ छक्का प्रहार गरे।

त्यसअघि पारसले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

पारसको शतकसँगै १५ ओभरको समाप्तिमा १ विकेट गुमाएर नेपालले १ सय ५० रन जोडेको छ।

नेपालका कारण केसीले २ तथा सुसान भारीले १ विकेट लिए। करणले ४ ओभरमा ३४ रन खर्चिए। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेपनि कुनै विकेट लिएनन्।

सिंगापुर क्रिकेटले आयोजना गरेको जारी त्रिकोणात्मक शृंखलामा नेपाल, जिम्बाबे र सिंगापुर खेल्दैछन्। सबै टोलीले एक अर्काबीच दुई दुई वटा टि–२० खेल खेल्नेछन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...