Loading...

काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय समितिमा ११ सदस्य थपिने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छेदार नेतृत्वमा रहेको तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको केन्द्रीय समिति नवीन्द्रराज जोशीले जानकारी दिए।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा कांग्रेसमा समायोजन भएको फोरम लोकतान्त्रिकबाट थपिने नेताहरुको नाम भने कांग्रेस उपसभापतिसमेत रहेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले पेस गर्ने समाचार आजको कान्तिपुर दैनिकमा छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...