Loading...

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपाले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भीर आपत्ति जनाएका छन्।

कांग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्चिन पनि सत्तारुढ नेकपालाई आग्रह गरे।

नेपालको संविधान, कानुन विपरीतको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको नेता साउदको भनाई छ।

‘चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिएर सत्तारुढ नेकपाले सत्ता कब्जाको अभ्यास गरेको विषयलाई हामीले गम्भीर आलोचनाको विषयको रुपमा लिएका छौं,’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस नेता साउदले भने, ‘त्यसकारण सत्तारुढ नेकपा सच्चिनुपर्छ र दुई पार्टीबीच गरिएको सहमतिको सार्वजनिक रुपमा माफी माग्नुपर्छ।’

नेता साउदले दुई पार्टीबीचको सम्बन्धले राष्ट्रलाई नोक्सान पुर्‍याउन नहुने पनि बताए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...