Loading...

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको दुई तिहाइ सरकारले माखो समेत नमार्ने बताएका छन्।

मंगलबार खोटाङमा आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको जिकिर गरे।

‘यो काण्डै काण्डको सरकार भयो। निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड। यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्यो, महामन्त्री कोइरालाले भने, ‘यो सरकारले कुनै माखो पनि मार्दैन। आजका मितीसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन। जति योजना छन्, त्यी विपी,सुशिल र शेरबहादुरको पालामा सुरु भएको थियो।’

महामन्त्री कोइरालाले दुई तिहाइको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा बिलाइरहेका आरोप लगाए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...