Loading...

काठमाडौं।नेपाली कांग्रेस ताप्लेजुङले भ्रष्टाचार र मुल्यवृद्धिविरुद्ध खबरदारीसभा गरेको छ।

सभामा मंगलबार कांग्रेस नेताहरुले वर्तमान सरकार भ्रष्टाचारलाईं संस्थागत गर्नमा लागेको आरोप लगाए।

कांग्रेसले सदरमुकाम फुङलिङमा दोस्रो राष्ट्रिय जागरण अभियानको समीक्षा सभा र र्‍यालीको आयोजना गरेको हो।

कांग्रेस जिल्ला सभापति लिलादेवी बोखिमले स्थानीय सरकारले लगाएको कर घटाउन माग गरिन्। नेकपा सरकारले केन्द्रदेखि स्थानीय तहसम्मै ढाड सेक्नेगरी कर लगाएको भन्दै उनले यसलाई नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिइन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...