Loading...

काठमाडौं।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने सर्वोच्च पुरस्कार ‘फिफा वर्ष खेलाडी’ को उपाधि लियोनल मेस्सीले हात पारेका छन्।

आज इटालीको मिलानमा भएको एक भव्य समारोहको बिच बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड तथा लिभरपुलका डिफेन्डर भर्जिललाई पछि पार्दै उपाधि हात पारेका हुन्।

समारोहमा उत्कृष्ट तीनमा पर्नुका बाबजुत पनि रोनाल्डो भने उपस्थित थिएनन्।

उस्कृष्ट दश खेलाडीको मनोनयन सूचीबाट फिफाको अन्तिम तीनको सूचीमा मेस्सी, रोनाल्डो र भान डायक परेका थिए।

अन्य उत्कृष्ट १० मा लिभरपुलबाटै महमद सलाह र सादियो माने, चेल्सीबाट एडेन हाजार्ड, टोटेहामबाट ह्यारी केन, पेरिस सेन्ट जर्मानबाट क्यालिएन एम्बापे, आयसबाट म्याटिज दी लाइट (अहिले युभेन्ट्समा)र फ़्रेङ्कि दि जोङ्ग (हाल बार्सिलोनामा) परेका थिए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...