Loading...

काठमाडौं।अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार ‘अमेरिकाको राष्ट्रिय हितलाई हानी पुग्ने गतिविधिमा संलग्न’ रहेकाले उनीहरुलाई निष्कासन गरिएको समाचार आजको कान्तिपुर दैनिकमा छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टासुसले ‘क्युबाका कूटनीतिज्ञलाई राष्ट्रसंघ मुख्यालय रहेको म्यानह्याटनभन्दा बाहिर नजान वा हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइएको जनाए।

क्युबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे भने अमेरिकाले प्रष्ट पारेको छैन। क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले ‘अमेरिकी कदम अनुचित भएको’ प्रतिक्रिया दिएका छन्।

स्पेनिस भाषामा गरेको ट्वीटमा रोड्रिगुएजले क्युबाको कूटनीतिज्ञमाथि लगाएको आरोप‘अश्लील आरोप’ भएको बताएका छन्।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...