Loading...

काठमाडौं।पोर्न स्टार मिया खालिफाले पोर्न फिल्म क्षेत्र छोडेको उद्घोष गरेकी छिन्।

मियाले बीबीसीलाई दिएको अन्तरवार्तामा आफूले पोर्न फिल्म क्षेत्र छोडेको बताएकी हुन्।

अन्तरवार्तामा उनले भनेकी छिन्ः

मलाई लाग्थ्यो म खासै सुन्दर छैन। म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित थिएँ। मलाई कसैले वास्ता गर्दैनथ्यो।

त्यसपछि मैले ग्र्याजुएसन गर्ने क्रममा तौल पनि घटाएँ। मेरो स्तन ठूलो थियो। स्तन ठूलो भएको कारण मलाई निकै अप्ठ्यारो महसुस हुन्थ्यो। मेरो तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे।

ग्र्याजुएसन पूरा भएपछि म जागिरको खोजीमा थिए। त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो एडल्ट फिल्ड भएको पनि बतायो।

उसले न्यूड मोडलिङ गर्न अफर गर्यो। म ऊसँग फ्लोरिडा गएँ। त्यहाँका मानिस राम्रा र असल थिए। पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक गएँ र फिल्म गरे।

पोर्न क्षेत्रमा म पीडित छैन। यो काम मैले आफ्नो इच्छाले गरेको हुँ। यसमा मलाई कुनै पनि प्रकारको दबाब आएन।

पहिलो पोर्नः

पहिलोपटक मियाले हिजाब लगाएर पोर्न फिल्म गरेकी थिइन्।

जुन निकै भाइरल भयो। उक्त भिडियोमा तीनजना व्यक्ति थिए। लगातार एडल्ट साइटमा उक्त भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो।

त्यसपछि उनी नम्बर एक पोर्न स्टार बनिन्।

 

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...