Loading...

काठमाडौं।प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान जलाएको छ।

संविधानलाई मधेश विरोधी भन्दै राजपाका कार्यकर्ताहरुले जनकपुरधामको शिव चोकमा शुक्रबार साँझ प्रहरीकै सामुन्ने संविधान जलाएको हो।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री तथा राजपा नेता जितेन्द्र सोनलको नेतृत्वमा राजपाका युवा नेताहरुले संविधान जलाएका हुन्।

संविधान जलाउनुअघि राजपाले विरोध जुलुस निकालेको थियो। जुलुसको सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरी खटिएका थिए।जुलुस जनकपुरको विभिन्न भागमा परिक्रमापश्चात शिव मन्दिर अगाडि कोणसभामा परिणत भएको थियो।

कोणसभा सकेपछि संविधान जलाइरहँदा प्रहरीले केही गरेनन्। कोणसभामा मन्त्री सोनलले संविधान संशोधन गरी सबै समुदायको हकअधिकार सूनिश्चित नगरेसम्म विरोध जारी राख्ने बताए।

‘मधेश समृद्धिका लागि सरकारमा छौँ। तर, संविधानमा अधिकारका लागि प्राण रहेसम्म लडिरहनेछौँ।’ मन्त्री सोनलले भने।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...