Loading...

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको बुधबार शिलान्यास गर्ने भएका छन्।

सिंहदरबारको पुतली बगैंचामा निर्माण गर्ने तय भएको भवनको बुधबार बिहान ११ः३० बजे शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ। सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डर लगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ।

मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ। निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुनेछ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...