Loading...

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओसामा विन लादेनका छोराको हत्या भएको पुष्टि गरेका छन्।

ट्रम्पले शनिबार साँझ एक विज्ञप्ति नै जारी गरी लादेनका छोराको हत्या भएको जानकारी गराएका हुन्।

उनले लादेनका छोरा हम्जा विन लादेन ‘अमेरिकी आतंकवाद विरोधी कारबाहीको क्रममा अफगानिस्तान–पाकिस्तानी क्षेत्रमा’ मारिएको जनाएका छन्।

ट्रम्पले उनको मृत्यु कहिले भएको भन्नेबारे भने खुलाएका छैनन्। हम्जा लादेनका छोरा मात्रै नभएर अल क्वायदाका नेता पनि थिए।

गत महिना मात्रै उनको हत्या भएको खबर सार्वजनिक भए पनि अमेरिकी राष्ट्रपतिले पहिलो पटक यसबारे औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन्।

यस क्रममा ट्रम्पले विभिन्न आतंकवादी समूहसँग साँठगाँठ गरेकोमा हम्जा जिम्मेवार भएको बताए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...