Loading...

काठमाडौं।काठमाडौंको सबैभन्दा ठूलो उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्राका लागि ५ करोडको अक्षयकोष खडा गरिने भएको छ।

अक्षयकोषका लागि सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम राख्ने भएको छ।

यसअघि इन्द्रजात्रा व्यवस्थापनका लागि त्यस्तो कुनै कोष थिएन। नेपाल सरकारबाट अनुदानका रुपमा प्रत्यक वर्ष २४ लाख पाइरहेको समितिका अध्यक्ष गौतम रत्न शाक्यले बताए।

यही अनुदानबाट जात्रामा हुने लाखे, पुलुकिसी, दांगी, रथ यात्रा, दश अवतार लगायतका दर्जनभन्दा बढी गतिविधि संचालन हुँदै आएको छ।

विभिन्न गुठीहरुसँग सम्बन्धित संघसंस्थाले पहिलैदेखि नै अक्षयकोष स्थापना गर्नुपर्ने माग गर्दै आएका थिए। जात्राका लागि कोष खडा भएपछि अझै व्यवस्थित ढंगमा इन्द्रजात्रा संचालन हुने अपेक्षा गरिएको छ।

यो अक्षयकोषबाट २०६७ सालदेखि मात्रै जात्राका गतिविधि संचालनमा आउने शाक्यले बताए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...