Loading...

सुर्खेत।
साझा पार्टी कर्णाली प्रदेश र प्रदेश नं. ३ को संयुक्त आयोजनामा कर्णालीका नागरिकलाई सनेटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार र आइतबार गरि दुई दिन सम्म सेनेटरी प्याड निर्माण र भाषण कला सम्बन्धी तालिम प्रदान गरिएको हो।

कमजोर आर्थिक अवस्थाका कारण बजारमा उपलब्ध सेनेटरी प्याड प्रयोग गर्न नसक्नेहरूका लागि घरमै सेनेटरी प्याडको निर्माण र पुनः प्रयोग सम्बन्धी तालिम दिइएको पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले बताए।  दाहालले किशोरी तथा महिलाहरूलाई महिनावारीको समयमा हुने सङ्क्रमणबाट बचाउनका लागि यो तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

तालिममा पार्टीको कर्णाली प्रदेश संयोजक दाहालले भाषण कला सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रदेश नं. ३ की महिला सङ्गठन प्रमुख अनुपा श्रेष्ठ सन्जु रानाले घरमै सेनेटरी प्याड निर्माण र पुनः प्रयोग गर्ने विधिबारे प्रशिक्षण दिएका थिए। तालिमको व्यवस्थापन साझा पार्टी सुर्खेतले गरेको हो।

यो तालिम प्रशिक्षकका लागि भएको र यसपटकको तालिममा सहभागि ३० जनाले आ आफ्नो जिल्ला तथा पालिकामा गएर यस्ता शीप मूलक तालिम सञ्चालन गर्ने साझा पार्टी कर्णाली प्रदेशले जनाएको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...