Loading...

काठमाण्डौं।
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शनिवार विज्ञप्ति जारी गर्दै चरणवद्ध सङ्घर्षका कार्यक्रम आयोजना गरिएको जनाएका हुन।

सरकारले पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको विरुद्धमा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ।

सङ्घर्षका कार्यक्रम अन्तर्गत साउन १२ गते कोण सभा गरिने जनाईएको छ। यसैगरी साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस प्रदर्शन साउन १५ गते बागमती बन्दको घोषणा गरिएको छ। बागमतीसँगै नारायणी अञ्चल र जनकपुर अञ्चल अन्तर्गतका केही जिल्लामा समेत बन्द आह्वान गरिएको छ।
प्रहरीले प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इन्चार्ज लामालाई साउन ४ गते राति राजधानीको काँडाघारीबाट पक्राउ गरेको थियो।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...