Loading...

काठमाण्डौ ।

साझा पार्टीले रूपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको गौतम बुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति घोर भत्सर्ना गरेको छ । साझाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका गौरव, शान्ति र सह अस्तित्वका प्रेरक गौतम बुद्धको मूर्ति तोडफोड गर्ने कार्य गम्भिर सामाजिक अपराध भएको उल्लेख गरेको छ।

पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा घटनाको सूक्ष्म अनुसन्धान गरि तोडफोड गरिएको ठाउँमा तुरुन्त मूर्ति पुनर्स्थापन गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता सहित सुरक्षा प्रबन्ध मिलाउन र यस घटनाका दोषीलाई यथाशीघ्र कानुनी कारवाही गर्न आग्रह गरेको छ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...