Loading...

काठमाण्डौं।
देशका विभिन्न्न ठाउँमा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति राप्रपा संयुक्तले दुःख व्यक्त गरेको छ। राप्रपा संयुक्तका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर जबराले आईतबार विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन।
अध्यक्षद्वय लोहनी र जबराले विपदको यो घडिमा उद्धार कार्यमा सक्रिय रुपले लाग्न पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन। विज्ञप्तिमा बाढी पहिरो र डुबान प्रभावितहरुका लागि प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरिएको उल्लेख छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...