Loading...

काठमाडौं,
गत वर्षको तीजमा सन्देशमूलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालिको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् ।

गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘‘आउ नाचौ सङ्गी हो…’को भिडियो छायाँकङ्न गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकङ्न गरिएको हो ।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकङ्न गरेका छन् । गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।

‘हामीले गत वर्ष सन्देशमूलक तीज गीत श्रोतादर्शकमाझ पस्केका थियौ, यसपालिको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् ।

’एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोसिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौँ कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नि’ नायिका पूजनाले भनिन् ।

‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन ।

’तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने । मेकअप सन्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...