Loading...

काठमाडौँ ।
श्रीलङ्का भ्रमणमा रहेका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्। नेता नेपाल श्रीलङ्का कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए।

विहीबार बरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षे, श्रीलङ्का कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुर लगायतसँग भेटघाट भएको थियो । भेटका अवसरमा नेपाल र श्रीलङ्का बीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो । लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरूले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरूका बारेमा चर्चा गरेका थिए।

भेटघाटमा श्रीलङ्कास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गरेका बरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ । 

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...