Loading...

काठमाण्डौं।
साझा पार्टीले शनिबार राजधानीमा गर्ने भनिएको विरोध प्रदर्शन स्थगित गरेको छ। यसअघि साझाले अरिगांलवाद, छौंडावाद, विषादी वाद र मास्कवाद विरुद्ध भन्दै सरकार विरुद्ध शनिवार माइतीघर मण्डलामा मास्क र्याली सहित विरोध प्रदर्शनको कार्यक्रम तय गरेको थियो। 


देशभर बाढी पहिरोले जनधनको क्षति भएको र प्रभावितहरूको उद्धार तथा राहतमा जुट्नु पर्ने भएकाले विरोध प्रदर्शन स्थगित गरिएको पार्टीकी केन्द्रीय सदस्य मानवी पौडेलले पुष्टि गरिन।
पार्टीले राजधानी लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोको कारण जनधनको क्षति र जनजीवन प्रभावित समेत भएको भन्दै र्याली स्थगित गरि प्रभावितहरूका लागि राहत र उद्धारमा जुट्न पार्टीका सदस्य तथा शुभचिन्तकहरू लाई  आह्वान गरेको छ। 

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...